कारोबार


चार सय रुपैयाँले बढ्यो सुनको भाउ

चार सय रुपैयाँले बढ्यो सुनको भाउ

नेपालखबर
माघ १३, २०७७ मंगलबार ५:४२,

आज सुनको मूल्य चार सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ९२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको हो।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको छ।

सोमबार भने छापावाल सुन ९२ हजार ४ सय र तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। चाँदी पनि अघिल्लो दिन १ हजार २ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ५७ अमेरिकी डलरमा कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad