राजनीति


ओलीले जत्रो र्‍याली निकाले पनि त्यो पञ्चर्‍याली होः प्रचण्ड

ओलीले जत्रो र्‍याली निकाले पनि त्यो पञ्चर्‍याली होः प्रचण्ड

नेपालखबर
माघ १२, २०७७ सोमबार ५:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले जत्रो र्‍याली निकाले पनि त्यो पञ्चर्‍याली हुने नेकपा अध्यक्ष प्रचण्डले बताएका छन्।

काठमाडौंको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज (सोमबार) बिहान प्रदेश नम्बर २ का कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष प्रचण्डले भने, ‘राजाहरूले पनि आफू ढल्नुभन्दा अगाडि, पञ्चहरूले पनि आफू ढल्नुभन्दा अगाडि र्‍याली गर्थे, त्यसैले त्यस्ता र्‍यालीकाे केही अर्थ छैन, पञ्चर्‍याली।’

त्यसैले ओलीले निकाल्ने र्‍याली सानो भए पनि ठूलो भए पनि त्यसकाे कुनै अर्थ नहुने उनले बताए।

उनले भने, ‘जब त्यो प्रतिगमनै भइसकेपछि ठूलो भए पनि सानो भए पनि त्यसको के अर्थ?’

आफूहरूले गरेको र्‍यालीचाहिँ देश, जनता र गणतान्त्रका पक्षमा भएकाले सानो भए पनि ठूलो भए पनि जनताको र्‍याली भएको उनले बताए। 

उनले भने, ‘हाम्रो प्रदर्शन जनताको प्रदर्शन हो, हाम्रो प्रदर्शन प्रतिक्रान्तिका विरुद्धको प्रदर्शन हो।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारी नै भइसकेको बताए। 

‘प्रतिक्रान्तिकारी भइ नै सके केपी ओली,’ प्रचण्डले भने, ‘त्यसैले मैले भन्छु, इतिहासमा कलंकको टीका त लाइनैसके।’

प्रचण्ड–नेपाल समूहले माघ ९ गते काठमाडौंमा गरेको प्रदर्शनप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले जम्मा ८–९ हजार मान्छे उतारेको बताएका थिए।

ओलीले माघ २३ गते काठमाडौंमा आफ्नो पक्षले जनसभा गर्ने तयारी भएको बताएका थिए।

‘वास्तविक जनसभा कस्तो हुन्छ, त्यो माघ २३ गते काठमाडौंमा देखाउँछौं’, ओलीले भनेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .