उनले ह्वाइटहाउसका कर्मचारीबीच आदर र प्रेमको भावना हुनुपर्ने बताएका हुन्।
यदी कसैले–कसैलाई अपमानजनक व्यवहार गरेको थाहा भएमा आफूले त्यस्ता कर्मचारीलाई तत्काल जागिरबाट निकालिदिने पनि बाइडेनको चेतावनी रहेको छ।
बाइडेन भन्छन्,‘मसँग काम गर्दा यदी कुनै कर्मचारीले कसैमाथि अपमान गरे, होच्याउने काम गरेको थाहा पाएँ भने म वाचा गर्छु त्यस्ता कर्मचारीलाई म तत्काल जागिरबाट निकालिदिन्छु।’
"I will fire you on the spot."
US President Joe Biden warns his new appointees and White House staff to treat one another with respect 👇 pic.twitter.com/vwQ9bTppMG
उनले जीवनमा मानिसहरुले कमै मात्रामा राम्रो काम गर्ने अवसर पाउने र त्यो कामले त्यहाँ मात्र नभएर विश्वभर नै राम्रो छाप छोड्नसक्ने भएकाले आफ्ना सबै कर्मचारीले राम्रो काम गर्नुपर्ने अपेक्षा राखेको बताएका छन्।
ह्वाइट हाउसका हालका कर्मचारीले विश्वमै शिष्ट सरकारसँग काम गर्न पाएको र उनीहरुले सरकारको गरिमालाई कामय राख्नुपर्ने बाइडेनको भनाइ छ।
Shares

प्रतिक्रिया