राजनीति


जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता छ, उसको साथमा सरकार छ : प्रधानमन्त्री

जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता छ, उसको साथमा सरकार छ : प्रधानमन्त्री

नेपालखबर
माघ ११, २०७७ आइतबार ८:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिको जीवनका समस्याका विषयमा सरकारले सोच्ने बताए। उनले यस सम्बन्धमा आवश्यक काम अगाडि बढाउने बताए।

‘जो व्यक्ति आफै सक्षम छैन, सबैभन्दा पहिला सरकार उसलाई चाहिन्छ',  प्रधानमन्त्री ओलीले भने 'त्यसकारण सरकार तपाईंहरुको साथमा छ, जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता हुन्छ।’

उनले देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने बताए।

उनले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad