प्रचण्ड नेपाल नेतृत्वमा रहेको नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराईले संसद् विघटनको प्रक्रियामा सरकारले कीर्ते काम गरेको आरोप लगाएका छन्।
शुक्रबार ट्विट गर्दै भट्टराईले भट्टराईले संविधानको धारा उल्लेख नगरिएको चिठीदेखि राजपत्र छाप्नेसम्मको काममा कीर्ते गरेको बताएका हुन्।
‘संविधानको कुनै धारा उल्लेख नगरि विघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायव गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो, अनि फेरि अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा खै?’, भट्टराईले भने, ‘हतार-हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, कीर्ते काम?’
संबिधानको कुनैधारा उल्लेखनगरि बिघटनको चिट्ठी गयो,अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायबगरियो,अर्को चिट्ठी ल्याएर फायलमाराखियो,अनिफेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ?हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो,किर्ते काम ?
— Yogesh Bhattarai (@yogesbhattarai) January 22, 2021प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै बिहीबारको संवैधानिक इजलासमा प्रश्न उठेपछि शुक्रबारको इजलासमा प्रस्तुत गरेका छन्। सरकारले पहिलेको मिति राखेर बिहीबार राति मात्रै राजतन्त्र छापेको समाचारहरु प्रकाशित भएका छन्।
राजपत्र प्रकाशित गर्ने मुद्रण विभागले पनि आफ्नो वेबसाइटमा बिहीबार अबेर मात्रै अपलोड गरेको थियो। बिहीबारको संवैधानिक इजलासमा सो विषय उठे पनि शुक्रबार मात्रै महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्र इजलासमा बुझाएका थिए।

प्रतिक्रिया