ad ad

राजनीति


दुईतिहाइ ल्याउने ओलीको वाचा जिउँदो सन्तान मारेर अर्को सन्तानका लागि व्रत बस्नु जस्तै हो : घनश्याम भुसाल

दुईतिहाइ ल्याउने ओलीको वाचा जिउँदो सन्तान मारेर अर्को सन्तानका लागि व्रत बस्नु जस्तै हो : घनश्याम भुसाल

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ८:५८,

नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आउने चुनावमा दुईतिहाइ ल्याउने भनेको भएको सन्तानको हत्या गरेर नयाँ सन्तानका लागि पूर्णिमाको व्रत बस्नु जस्तै भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आउने चुनावमा दुईतिहाइ ल्याउन प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएको प्रसंग उल्लेख गर्दै भुसालले त्यसो गर्नु भनेको हुँदाखादाको सन्तानको हत्या गरेर नयाँ सन्तानका लागि व्रत गर्नुजस्तै भएको बताए।

आन्दोलनरत् नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।

उनले आफ्नै पक्षमा झण्डै दुईतिहाइ बहुमत भएको प्रतिनिधि सभा विघटन गरेर र पार्टी फुटाएर निर्वाचनमा जाने र दुईतिहाइ ल्याउने दाबी गर्ने ओलीको भनाइलाई त्यस्तो व्रतसँग तुलना गरेका हुन्।

उनले ओलीले कुनै हालतमा चुनाव नगर्ने बताए।

‘संविधान च्यातेर, पानीमा भिजाएर निर्वाचन हुन सक्दैन,’ उनले भने।

उनले अहिले देशमा लोकतन्त्रवादीका सामु ओलीलाई पराजित गर्नैपर्ने अवस्था आइपरेको बताए।

‘अब मुलुकमा यात वामपन्थी र लोकतन्त्रवादीहरुको जित हुनुपर्छ या त ओलीको जित हुनुपर्छ,’ उनले भने, ‘त्यसैले अब हामीसामु ओलीलाई पराजित गर्नैपर्ने परिस्थिति बनेको छ।’

उनले शुक्रबारको विरोधसभामा उपस्थित जनसमर्थनले ओलीको पराजय सुनिश्चित भएको दाबी गरे।

‘अब ओलीसामु साइबर सेना नामक साइबर स्याल र सेटिङको प्रपञ्च मात्र सहारा बाँकी रहनेछन्,’ उनले भने।

तर अहिलेको लोकतान्त्रिक व्यवस्थाका न्यायाधीशहरुले ओलीलाई साथ नदिने र त्यस्तो सेटिङले काम नगर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .