ad ad

राजनीति


बागमतीका प्रदेश प्रमुखद्वारा ६ वटा विधेयक प्रमाणीकरण

बागमतीका प्रदेश प्रमुखद्वारा ६ वटा विधेयक प्रमाणीकरण

नेपालखबर
माघ ८, २०७७ बिहिबार २:३८,

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेशका ६ वटा विधेयक प्रमाणीकरण भएका प्रदेश सभामुख सानुमार श्रेष्ठले जानकारी दिए। सभामुख श्रेष्ठका अनुसार प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा २०१ को उपचार २ प्रयोग गर्दै विधेयक प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुखले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणाीकरण गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .