ad ad

राजनीति


कांग्रेस र राजपासँग सहमतिः संसद बैठक सुरु

 कांग्रेस र राजपासँग सहमतिः संसद बैठक सुरु

नेपालखबर
साउन २०, २०७६ सोमबार ८:१५,

सर्लाही घटनालाई लिएर निरन्तर रुपमा संसद अवरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपासँग सहमतिपछि संसद बैठक सुरु भएको छ।

सोमबार सभामुख कृष्णबहादुर महराले आयोजना गरेको सर्वदलीय बैठकमा सत्तारुढ नेकपा, प्रतिपक्षी कांग्रेस र राजपाबीच सहमति भएको हो।

 सर्लाहीमा भएका दुई घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आएका थिए। सोमबारको बैठकमा छानबिन नभइ अध्ययन सुझाब समिति बनाउन दुबै पक्ष सहमत भएका हुन्।

कांग्रेस र राजपा संसदीय छाबिन समिति बनाउने मागबाट पछि हटेको र सत्तारुढ नेकपा अध्ययन तथा सुझाब समिति बनाउन सहमत भएपछि संसदको अवरोध हटेको हो।

‘प्रतिनिधिसभामा भइरहेको गतिरोध अन्त्य गर्ने सहमति भएको छ’, नेपालखबरसँग कुरा गर्दै सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल भने, ‘संसदहरु सम्मिलित अध्ययन तथा सुझाब समिति बनाउने सहमति भयो।’

बैठकमा नेकपा संसदीय दलका उपनेता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडल, उपसभामुख शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरू सहभागी थिए।

सभामुख महराले डोकेको सो बैठकमा नेकपा संसदीय दलका उपनेता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडल, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राजपाका नेता राजेन्द्र महतो, उपसभामुख शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरू सहभागी थिए।

प्रहरीको गोलीबाट मृत्यु भएका विप्वल नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल र बालक मृत्यु प्रकरणमा राजमार्ग अवरुद्ध खुलाउन प्रहरीको गोली लागेर ईश्वरपुर नगरपालिका १३ का सरोजनारायण सिंहको मृत्युलाई लिएर र कांग्रेस र राजपाले संसदीय छानबिन समिति बनान माग गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .