राजनीति


हामीलाई अदालतप्रति विश्वास छ, ओलीले जस्तो दबाब दिँदैनौँ : झलनाथ खनाल

हामीलाई अदालतप्रति विश्वास छ, ओलीले जस्तो दबाब दिँदैनौँ : झलनाथ खनाल

नेपालखबर
माघ ४, २०७७ आइतबार ११:१५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूहरुलाई आदालतप्रति पूर्ण विश्वस रहेका कारण पुनै दबाब नदिने बताएका छन्।

आइतबार प्रचण्ड–नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै नेता नेपालले अदालतले निष्पक्ष न्याय गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका हुन्।

उनले आफूहरुले अदालतलाई संविधानमात्र हेर्न आग्रह गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो दबाब नदिएको बताए।

‘सर्वोच्च अदालतमाथि हामीलाई विश्वास छ। यसले निष्पक्ष न्याय दिन्छ’, उनले भने, ‘केपी ओलीले जसरी हामी अदालतलाई दबाब दिँदैनौँ।’

उनले प्रधानमन्त्री ओली संविधानविपरीत गएर हुकुमी शैलीले शासन चलाउन खोजेको बताए। ‘ओली १०४ वर्ष लामो राणा शासन, पञ्चायत शासन र राजाको जस्तो हुकुमी शासनको बाटोमा अगाडी बढेका छन्’, जानेन्द्रको र ओलीको शासन एकै हो।’

 नेता खनालले देशैभर आफूहरु बहुमतमा रहको बताउँदै ओलीलेका नाममा केही समूह चोइटिएको बताए। उनले ७७ जिल्लामध्ये ७० जिल्लामा आफूहरु बहुमतमा रहेको दावी गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad