प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडलाई ल्याएका छन्।
युवराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिएपछि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार बनेका थिए। तर पनि सरकारले उनलाई अमेरिकाको राजदूत बनाएको थियो।
उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीबाट बाहिरिएका मोतिलाल दुगड विशेष आर्थिक सल्लाहकार बनेका हुन्।
केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया