राजनीति


कम्युनिस्ट आन्दोलनलाई सफल बनाउने हो भने प्रचण्डमुक्त पार्टी बनाउनुपर्छ : प्रभु साह

कम्युनिस्ट आन्दोलनलाई सफल बनाउने हो भने प्रचण्डमुक्त पार्टी बनाउनुपर्छ : प्रभु साह

नेपालखबर
माघ ३, २०७७ शनिबार ८:५,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता एवं शहरी विकास मन्त्री प्रभु साहले कम्युनिस्ट आनदोलनलाई सफल बनाउन प्रचण्डमुक्त पार्टी बनाउनु पर्ने बताएका छन्।

शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै मन्त्री साहले माओवादी आन्दोलनलाई समाप्त पारेपछि प्रचण्ड कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने दिशामा लागेको बताए।

नेता शाहले विगत ३० वर्षभन्दा बढी समयदेखि पार्टी अध्यक्ष रहेका प्रचण्डका यस्तै गतिविधिका कारण माओवादी आन्दोलन समाप्त भएको उनले आरोप लगाए।

‘कम्युनिस्ट आन्दोलनलाई सफल गर्ने हो, नेपाल समृद्धिको बाटोमा लैजाने हो भने प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ’, उनले भने। नेता साहले आफूले कुनै पूर्वाग्रहका कारण नभइ विगतको अनुभवका कारण यस्तो बताएको दावी समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad