राजनीति


गृहयुद्ध झल्काउने झन्डा बोकेर अमेरिकी संसद् भवनमा छिर्ने व्यक्ति पक्राउ

गृहयुद्ध झल्काउने झन्डा बोकेर अमेरिकी संसद् भवनमा छिर्ने व्यक्ति पक्राउ

नेपालखबर
माघ १, २०७७ बिहिबार २३:११,

यही जनवरी ६ मा अमेरिकाको संसद्मा हमला गर्ने क्रममा कन्फेडेरेट झन्डा बाकेर घुस्ने व्यक्तिलाई अमेरिकी गुप्तजर निकाय एफबीआईको टोलीले पक्राउ गरेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उनलाई स्थानीय समयअनुसार डेलावेयरबाट पक्राउ गरिएको हो। उनको नाम केभिन सेइफ्रिड हो। उनलाई बिहीबारै अपराह्न अदालत पेस गरिएको छ।

जोसेफ एडलम्यानले ट्विट गरेका छन्, ‘कन्फेडेरेट झन्डा अमेरिकी संसद् भवनभित्र छिराइयाे, जुन काम गृहयुद्धका बेला पनि सम्भव भएकाे थिएन।’ 

कन्फेडेरेट झन्डा किन विवादित छ भने यो अमेरिकामा १८६१ देखि १८६५ सम्म चलेको गृहयुद्धसँग सम्बन्धित छ। त्यस बेला उक्त झन्डा संयुक्त राज्य अमेरिकाविरुद्ध विद्राेह गर्ने दक्षिणका ७ राज्यको प्रतीकका रूपमा  देखिएको थियो।

याे झन्डा गाेरा जातिकाे प्रधानता र काला जातिलाई सामाजिक एवं राजनीतिक बहिष्कारकाे प्रतीक मानिन्छ।

यही जनवरी ६ का दिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको एक हुलले संसद् बैठक चलिरहेका बेला हिंसात्मक हमला गरेको थियो। त्यस क्रममा भएको झडपमा परी एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो।

आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पविरुद्ध त्यहाँको तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरिसकेको छ। अब प्रस्ताव माथिल्लो सिनेटमा सुनुवाइ हुने प्रक्रियामा छ।

याे पनि :  डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई दाँजे ट्रम्पसँग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad