परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्।
मन्त्री ज्ञवाली तीनदिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले संयुक्त बैठकमा भाग लिनुका साथै भारतका उच्चपदस्थ अधिकारीहरुसँग समेत छलफल गर्नेछन्। बैठकमा भारतीय प्रतिनिघिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन्।
बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ।
परराष्ट्रमन्त्री ज्ञवालीले भोली शुक्रबार इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले आयोजना गर्ने कार्यक्रममा नेपाल भारत सम्बन्धबारे सार्वजनिक प्रवचन दिने कार्यक्रम पनि रहेको छ।
ज्ञवालीको भ्रमण टोलीमा परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, परराष्ट्र मन्त्रालयको साउथ डिभिजनका प्रमुख यज्ञबहादुर हमाल लगायत छन्।
Shares

प्रतिक्रिया