राजनीति


आफूविरुद्ध महाभियोग प्रस्ताव पारित हुनासाथ ट्रम्पले भाका फेर्दै जारी गरे भिडिओ सन्देश

आफूविरुद्ध महाभियोग प्रस्ताव पारित हुनासाथ ट्रम्पले भाका फेर्दै जारी गरे भिडिओ सन्देश

नेपालखबर
माघ १, २०७७ बिहिबार २:७,

आफूविरुद्ध प्रस्तुत महाभियोग प्रस्ताव संसदबाट पारित हुनासाथ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडिओ सन्देश जारी गरेका छन्।

ह्वाउट हाउस (राष्ट्रपति कार्यालय) को ट्विटर अकाउन्टबाट आफ्नो देशमा हुलदंगा र हिंसाको कुनै स्थान नभएको भन्दै भिडियो सन्देश जारी गरेका हुन्। उनको निजी ट्विटर अकाउन्ट त हिंसालाई प्रोत्साहन गर्ने पोस्ट गरेको आरोपमा ट्विटरले सधैंका लागि बन्द गराइसकेको छ।

उनले भिडिओ सन्देशमा अघिल्लो हप्ता अमेरिकी संसद् भवन (क्यापिटल हिल) मा भएको हिंसाको निन्दा पनि गरेका छन्। 

भिडिओ सन्देशमा ट्रम्पले भनेका छन्, ‘मेरा सच्चा समर्थक कसैले पनि कोही राजनीतिक हिंसाकाे वकालत गर्नै सक्दैनन्। मेरा सच्चा समर्थकले हाम्रो महान् अमेरिकाको झन्डाको अपमान पनि गर्न सक्दैनन्। यदि तपाईं यस्तो कुनै काम गर्नुहुन्छ भने तपाईं मेरो आन्दोलनलाई कुनै मद्दत गर्न सक्नुहुन्न। यदि तपाईं त्यस्तो हमला गर्नुहुन्छ भने तपाईंले हाम्रो देशमा हमला गरिरहनुभएको छ, जसमा हामी माफ गर्न सक्दैनौं।’

यसअघि भने ट्रम्पले यही जनवरी ६ मा अमेरिकी संसद् भवनमा एक प्रहरीसहित ५ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्नलाई देशभक्त भनेर प्रशंसा गरेका थिए। 

याे पनि : ट्रम्पविरुद्ध पारित महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै संसद् अध्यक्ष पेलोसीले भनिन् : कानुनभन्दा माथि कोही छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad