राजनीति


प्रचण्ड-नेपाल समूहका नेतालाई नेकपाबाट निकाल्दै ओली समूहले मकवानपुरमा बनायाे आफ्नै अध्यक्ष

प्रचण्ड-नेपाल समूहका नेतालाई नेकपाबाट निकाल्दै ओली समूहले मकवानपुरमा बनायाे आफ्नै अध्यक्ष

नेपालखबर
पुस २६, २०७७ आइतबार ०:४०,

नेकपा ओली समूहले मकवानपुरमा पार्टीको जिल्ला अध्यक्ष अर्कै चयन गरेको छ।

शनिबार हेटौंडामा सम्पन्न ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलाले एकालाल श्रेष्ठलाई मकवानपुर जिल्ला अध्यक्ष घोषणा गरेको हो।

केन्द्रीय सर्कुलर र जिल्लाको बैठकअनुसार भन्दै ओली समूहका जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले मकवानपुर अध्यक्षमा श्रेष्ठलाई चयन गरेका हुन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यकर्ता भेलाले साविक नेकपाका मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई अनुशासनको कारबाही भन्दै पार्टीबाट निष्कासन गरेको छ।

उनीहरू प्रचण्ड-नेपाल समूहका नेता हुन् भने बागमती प्रदेशसभाका सदस्य हुन्। जसले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad