नेकपाका उपाध्यक्ष वामदेव गौतम र चिनियाँ राजदूत होउ यान्छीबीच बिहीबार देखादेख भए पनि कुराकानी नभएको गौतमको सचिवालयले दाबी गरेको छ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपामा ओली र प्रचण्ड–नेपाल कुनै समूहमा नलागेका गौतमले फेरि एकताका लागि पहल गरिरहेका बेला बिहीबार राजदूत यान्छीले उनीसँग छलफल गरेको चर्चा चलेको थियो।
बिहीबार साँझ गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले भने नागपोखरीको एक क्याफेमा देखादेख भएपनि कुराकानी नभएको दाबी गरेका छन्।
‘वामदेव गौतमले चिनियाँ राजदूतसँग भेटेको भन्ने भ्रामक प्रचारबारे प्रष्टिकरण’, भन्दै सुवेदीले भनेका छन्, ‘नागपोखरीमा क्याफे इमाडिगोको माथि पट्टी वामदेव कमरेडको छोरा तथा युवा संघका नेता हरिशदेवको अफिसमा उहाँ जानू भएको थियो’, सुवेदीले भनेका छन्, ‘त्यहीँ चिनियाँ राजदूत कफी पिउन जाने गर्नु भएको रहेछ। त्यहाँ देखादेख मात्रै भएको हो। कुराकानी भएको होइन।’
सुवेदीले गौतम र यान्छी दुवै नेकपा एकताको पक्षमा रहेकाले भेटघाट भएपनि त्यसलाई स्वाभाविक रुपमा लिनु पर्ने संकेत पनि गरेका छन्।
‘यद्यपि उहाँहरू दुवै पार्टी एकता पक्षधर हुनुहुन्छ’, सुवेदीले भनेका छन्, ‘पार्टी एकता अभियान।’
यो पनिः
वामदेव भन्छन्ः प्रचण्डले पार्टी मिलाउन कोसिस गर्नुस् न त भन्नुभयो, म निरन्तर लागिरहेको छु
प्रतिक्रिया