ad ad

राजनीति


विप्लव नेकपाले सुरु गर्‍यो पाँच महिने आर्थिक अभियान

विप्लव नेकपाले सुरु गर्‍यो पाँच महिने आर्थिक अभियान

नेपालखबर
साउन १९, २०७६ आइतबार ६:५२,

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पाँच महिने आर्थिक अभियान सुरु गरेको छ।

शनिबार पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीले पाँच महिने आर्थिक अभियान सुरु गरेको बताउँदै सहयोग गर्न अपिल समेत गरेका छन्। विज्ञप्तिमा आर्थिक अभियानका क्रममा पार्टीले कारबाही गरेका र पार्टी छाडेर भागेकाहरुसँग सतर्क रहन आग्रह समेत गरिएको छ।

‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन। देशको राजनीतिक, आर्थिक, सांस्कृतिक स‌ंकटको समाधान क्रान्तिले मात्र सम्भव छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ। यसलाई सदाझैँ सहयोग गरिदिनुहुन अनुरोध छ।’

देशमा भ्रष्टाचारी, तस्कर, सुराकी, कमिसनखोर, लुटेरा, ठग, गुन्डा, बलात्कारी, व्यभिचारीहरूको बिगबिगी बढिरहेको भन्दै आर्थिक अभियानको पार्टीले कारबाही गरेका, भगौडा र सरकारसँग मिलेमतो गरिरहेकाहरुले दुरुपयोग गर्न सक्ने भन्दै सतर्क रहन सबैमा अनुरोध गरिएको छ।

आर्थिक अभियानमा केन्द्रीय समिति, ब्युरो, जिल्ला र जवस तथा मोर्चाहरूको संयुक्त र एकीकृत सहभागिता रहने बताइएको छ।

सरकारले जनयुद्ध र जनआन्दोलनका उपलब्धिरुलाई ध्वस्त पार्दै लगेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ। कम्युनिस्टको आवरणमा कम्युनिस्टमाथि नै मला गर्न काम भएको र त्सको प्रतिरोधलाई फासिवादी हर्कतद्वारा निस्तेज पार्ने र कुल्चने काम भएको विज्ञप्तिमा उल्लेख छ।

केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार सबैभन्दा बढी भ्रष्ट र कमिशनखोरी भएको आरोप समेत विज्ञप्तिमा लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .