राजनीति


राजनीतिक परिस्थितिलाई मोड्न ओली पक्षले जबज र एमालेको कुरा उठायो : भट्टराई

राजनीतिक परिस्थितिलाई मोड्न ओली पक्षले जबज र एमालेको कुरा उठायो : भट्टराई

नेपालखबर
पुस २१, २०७७ मंगलबार ११:६,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताएका छन्।

पार्टीको केन्द्रीय संघर्ष समितिको सह–संयोजक तथा प्रवक्ता समेत रहेका भट्टराईले मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केपी शर्मा ओली पक्षधरले पूर्व एमाले तथा जनताको बहुदलीय जनवादलाई एकीकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताएका हुन्।

प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्व एमालेको छाता ओढाइएको उनको भनाइ छ। पूर्व एमाले अथवा पूर्व माओवादी भनि एक ठाउँमा आउँदा मुलुक ०६२÷०६३ को आन्दोलन अगाडीको अवस्थामा पुगि देश द्वन्द्वमा जाने उनले बताए।

पूर्व एमाले र पूर्व माओवादी भन्नु समाजलाई पछि धकेल्ने कुरा भएको उनको भनाई छ। २०७५ जेठ ३ गते दुवै पार्टी विधिवत् रुपमा विघटन भएको र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी एकीकृत केन्द्रीय कमिटीले अनुमोदन गरेकाले पछाडि फर्किन नसकिने उनले बताए।

स्थायी कमिटी सदस्य भट्टराईले जनताको बहुदलीय जनवाद र एक्काईसौँ शताब्दीको जनवादलाई परिमार्जन गर्दै समाजवाद उन्मुख जनताको जनवादलाई कार्यक्रम बनाइएको स्मरण गर्दै यसमा नअल्मल्लिन आग्रह गरे। यतिखेर देशमा प्रतिगमन र अग्रगमनबीचको अन्र्तविरोध भएको र प्रधानमन्त्री ओली प्रतिगमन तथा प्रतिक्रान्तिको कित्तामा उभिनु भएको भट्टराईको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad