नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्दै छ।
उसको काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने भएको हो।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।
हेर्नुहोस्, ओली समूहले सार्वजनिक गरेको पोस्टर

यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला गरेको थियो।
याे पनि : ओलीको असंवैधानिक कदमविरुद्ध आज दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह
3
Shares

प्रतिक्रिया