नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओली सर्वसत्तावादी शासकमा रुपान्तरण भएको आरोप लगाएकी छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै शाक्यले जनताको शक्तिअगाडि ओली नटिक्ने दाबी गरिन्।
‘हामीले आदर गरेका कमरेड केपी ओली अब कमरेड रहनुभएन। उहाँ सर्वसत्तावादी, स्वेच्छाचारी शासक बन्नुभयो,’ उनले भनिन्, ‘जनताका अगाडि कस्ताकस्ता शासक त ढले भने ओलीको सत्ता पनि स्वभाविक रुपमा ढल्नेछ।’
शाक्यले गणतन्त्र, संघीयता र लोकतन्त्र आएपछि आफूहरु सडकमा आउनु नपर्ने सोचे पनि आज पुनः आफूहरु सडकमा आउन बाध्य भएको बताइन्।
प्रतिक्रिया