नेपालको पछिल्लो राजीनीतिक घटनाक्रम बुझ्न काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने भएको छ।
स्राेतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले देउवालाई अहिले बिहान साढे १० बजे उनकै निवास बूढानीलकण्ठ पुगेर भेट्ने भएको हो। भेटवार्तामा नेपालको समसामयिक विषयमा छलफल हुने स्रोतले जनाएको छ।
यसअघि चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपति तथा सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेकाे थियाे।
याे पनि :
चिनियाँ नेतासँग भेटपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल
चिनियाँ टोली भन्छ : नेपालमा कसैको पक्ष लिनु हाम्रो भ्रमणको उद्देश्य होइन
Shares
प्रतिक्रिया