राजनीति


काठमाडौं उत्रेलगत्तै राष्ट्रपतिसँग चिनियाँ टोलीको एक घण्टा वार्ता

काठमाडौं उत्रेलगत्तै राष्ट्रपतिसँग चिनियाँ टोलीको एक घण्टा वार्ता

नेपालखबर
पुस १२, २०७७ आइतबार १३:३०,

नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ।

चिनियाँ टोलीले राष्ट्रपति भण्डारीसँग आइतबार साँझ पाँच बजेबाट करिब एक घण्टा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए।

‘चिनियाँ टोलीले साँझ ५ बजेबाट राष्ट्रपतिसँग एक घण्टा भेटवार्ता गरेको छ’, अधिकारीले भने, ‘भेटमा राष्ट्रपति एक्लै हुनुहुन्थ्यो भने चिनियाँ पक्षको टोली नै थियो।’

चिनियाँ दूतावासका एक अधिकारीका अनुसार बेइजिङबाट आएको टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुनाएको छ। जसमा राजनीतिक स्थिरता कायम गरेर आर्थिक साझेदारी बढाउनु पर्ने रहेको उनले बताए।

आइतबार साढे १ बजे चीनको चेङ्दुबाट काठमाडौं उत्रेको चार सदस्यीय चिनियाँ टोली विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दुतावास पुगेको थियो। कोरोना महामारीबाट जोगिन पीपीई लगाएरै काठमाडौं उत्रेको टोली चार दिन नेपालमा रहँदा दूतवासभित्रै बस्ने जनाइएको छ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आज आइतबार काठमाडौं आइपुगेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad