राजनीति


पार्टी विभाजनप्रति असन्तुष्ट ओलीनिकट जिल्ला अध्यक्ष पौडेलले राजनीतिबाटै लिए सन्यास

पार्टी विभाजनप्रति असन्तुष्ट ओलीनिकट जिल्ला अध्यक्ष पौडेलले राजनीतिबाटै लिए सन्यास

नेपालखबर
पुस १२, २०७७ आइतबार ९:३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आएको फुट दुःखद् भएको भन्दै एक जिल्ला अध्यक्षले राजनीतिबाटै सन्यास लिएका छन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने धादिङ नेकपा अध्यक्ष नेत्र पौडेलले राजनीतिबाट सन्यास लिएर सामाजिक कार्यमा लाग्ने घोषणा गरेका हुन्।

उनले जीवनको पीडादायी निर्णय भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टीलाई घर र कार्यकर्तालाई मजदूर बिम्बका रुपमा प्रस्तुत गर्दै उनले लामो समय लगाएर एउटा सुन्दर घर बनाएको र कोठमा कुरा नमिलेका कारण नयाँ घर बनाउन खोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

उनले पार्टी विभाजनपछि नयाँ पार्टी बनाउने होड चलेको भन्दै नयाँ पार्टीमा लाग्न आफ्नो मन नमानेको बताएका छन्। उनले मन नै नमानेपछि तनमात्र लिएर हिँड्नु मन हुनेका लागि पनि घातक हुने बताएका छन्।

उनले नयाँ पार्टी निर्माणको जिम्मा युवाको काँधमा छाडेको बताएका छन्। साथी भाइलाई नाइ भन्न नसक्ने आफ्नो बानीका कारण केही समय सम्पर्क बाहिर हुने भन्दै उनले आफूलाई सम्झाउने कुरामा समय बर्बाद नगर्न समेत आग्रह गरेका छन्।

‘नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरे’, फेसबुकमा अध्यक्ष पौडेलले लेखेका छन्, ‘आफ्ना सहयात्रीहरूसँग नाई/हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुनेछु। यस विषयमा सम्झाउने क़ुरा गरेर समयको बर्बादी नगरी आ–आफ्नो योजनामा लाग्नु होला।

उनले आफ्नो राजनीतिक सहयात्राको दौरान सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने विश्वास पनि दिलाएका छन्। 

जीवनको पिड़ादायी निर्णय : सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवान हरू बर्षौ देखी अहोरात्र खटे ।...

Posted by Netra Paudel on Saturday, December 26, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .