कारोबार


सवारीसाधनको लाइसेन्स सबै प्रदेशमा मंगलबारदेखि खुल्ने

सवारीसाधनको लाइसेन्स सबै प्रदेशमा मंगलबारदेखि खुल्ने

नेपालखबर
पुस १२, २०७७ आइतबार ९:५,

१० महिनादेखि बन्द रहेको सवारीसाधनको अनुपति पत्र (लाइसेन्स)को आवेदन मंगलबारबाट खुल्ने भएको छ। कोभिडका कारण बन्द रहेको परीक्षा सबै प्रदेशमा खुल्नलागेको हो।

यातायात व्यवस्था विभागले सबै इच्छुक परीक्षार्थीलाई अनलाइन फारम भर्न आह्वान गरेको छ।

अनलाइन फारममा स्थायी ठेगाना, जन्ममिति, आफूले कुनचाहिँ वर्गको सवारीसाधनका लागि आवेदन दिनलागेको हो, त्यसको वर्ग, आफूले आवेदन दिन लागेको अञ्चल र लाइसेन्स कार्यालय छान्नुपर्छ।

अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ। तोकिएको समयमा आवेदक उक्त फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ।

परीक्षाको लागि प्रश्नपत्र संघको यातायात व्यवस्था विभागले उपलब्ध गराए पनि परीक्षा प्रदेश सरकारले नै सञ्चालन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .