राजनीति


प्रधानमन्त्री ओलीले देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानलाई घात गरे : रावल

प्रधानमन्त्री ओलीले देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानलाई घात गरे : रावल

नेपालखबर
पुस १२, २०७७ आइतबार ०:२९,

नेकपा (प्रचण्ड-नेपाल) स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश शासकको चरित्र भएको आरोप लगाएका छन्।

‘देश, जनता र पार्टीलाई विश्वासघात र संविधानलाई घात’ गरेका उनले आफूखुसी नयाँ मन्त्री थपेर प्रधानमन्त्री ओलीले पदको उन्माद देखिएको नेता रावलको टिप्पणी छ।

‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्,’ पूर्वमन्त्री रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad