राजनीति


झापाको गौरादहमा धमिराको दुलोमा ग्रेनेड बम, सेनाको टोलीले गर्‍यो डिस्पोज

झापाको गौरादहमा धमिराको दुलोमा ग्रेनेड बम, सेनाको टोलीले गर्‍यो डिस्पोज

नेपालखबर
पुस ११, २०७७ शनिबार १६:४२,

झापाको गौरादहमा भेटिएको एउटा ग्रेनेड बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

गौरादह नगरपालिका–७ मा बस्न् गरिमा भुजेलले अपरान्ह ३ः१५ बजे गाई वस्तु चराउन जाँदा धमिराले बनाएको दुलोमा डल्लो जस्तो शंकास्पद वस्तु देखेर त्यसबारे अरुलाई खबर गरेकी थिइन्।

उनी र अर्की स्थानीय हिमा पौडेलले लौरोले बाहिर निकालेर हेर्दा प्लाष्टिकमा पोको पारेको बम जस्तो देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि स्थानीय प्रहरीले त्यसबारे थप अनुसन्धान गरेका थिए।

त्यसपछि चारआलीबाट नेपाली सेनाको टोलीले साँझ सवा ५ बजे डिस्पोज गरेको डीएसपी राकेश थापाले बताएका छन्।

उनका अनुसार सो डिस्पोज गर्ने क्रममा कुनै मानवीय क्षति भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad