ad ad

राजनीति


प्रतिनिधि सभा विघटनः सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनः सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ७:१९,

सर्वोच्च अदालतका पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइ सुरु भएको छ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

यही पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएसँगै सर्वोच्चमा राष्ट्रपतिको कार्यालय शीतलनिवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध दर्जन बढी रिट परेको थियो।

सोही रिटमाथि आज सर्वोच्चमा सुनुवाइ सुरु भएको हो। अहिले अधिवक्ता सन्ताेष भण्डारीकाे तर्फबाट विभिन्न कानुन व्यवसायीले बहस गरिरहेका छन्। 

अधिवक्ता सन्तोष भण्डारी, समृत खरेल, कञ्चनकृष्ण न्यापाने, अधिवक्ता ज्ञानेन्द्रराज आरण, अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता दीपक राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, अधिवक्ता अमिता गौतम पौडेल, अधिवक्ता लोकेन्द्र बहादुर ओली, अधिवक्ता कलमबहादुर खत्री, अधिवक्ता मनिराम उपाध्याय, अधिवक्ता तुलसी सिम्खडा, अधिवक्ता अच्युत प्रसाद खरेललगायतले रिट दायर गरेका छन्।

यो पनि –
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : सर्वोच्चले गठन गर्‍यो पाँच सदस्यीय संवैधानिक इजलास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .