ad ad

राजनीति


थापा खुले ओली पक्षमा, केन्द्रीय समिति बैठकमा सहभागी

थापा खुले ओली पक्षमा, केन्द्रीय समिति बैठकमा सहभागी

नेपालखबर
पुस ९, २०७७ बिहिबार ८:१४,

गृहमन्त्री समेत रहेका नेकपा नेता रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा लागेका छन्।

आज बिहीबार अपरान्ह बालुवाटारमा सुरु भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा उनी सहभागी भएका छन्।

तर, उनीनिकट नेताहरु भने सबै प्रचण्ड–नेपालको पक्षमा आएका छन्।

Badal Oli CCmeet

स्थायी समिति सदस्यहरु पम्फा भुसाल, देव गुरुङसहित उनको समुहमा रहेका लगभग सबै नेताहरु प्रचण्ड–नेपाल पक्षमा आउँदा पनि उनी भने ओलीको समूहमा सहभागी भएका छन्।

सो समूहका सबै नेतालाई छाडेर उनी ओलीको पक्षमा गएपछि गृहमन्त्रीको सल्लाहकारका रुपमा उनीसँग रहेका सूर्य सुवेदी पथिकले समेत आज बिहीबारकै दिनबाट थापासँग आफू नरहेको सार्वजनिकरुपमै जानकारी दिएका छन्।
उनी पनि प्रचण्ड–नेपाल पक्षको बैठक सहभागी भएका छन्।

थापालाई उनको समूहका नेताहरुले व्यक्तिगत र सामूहिक रुपमा समेत भेटेर प्रचण्डसँगै रहन निरन्तर आग्रह गरेका थिए।

तर, अहिलेसम्म कतै नखुलेका थापा अन्ततः बिहीबारको ओलीपक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

यो पनि :

बालुवाटारमा डेढ घण्टादेखि ओली–थापा छलफलमा, कुरा मिले आजैको बैठकमा सहभागी हुने

- वरिष्ठ उपाध्यक्ष नपाएपछि थापा आफ्नो टिम प्रचण्ड–नेपालसँगै छाडेर ओलीतिर

गृहमन्त्री थापा ओलीतिरै, नयाँ एमालेको सहअध्यक्ष बन्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .