राजनीति


संसद विघटनविरुद्ध प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी

संसद विघटनविरुद्ध प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी

नेपालखबर
पुस ८, २०७७ बुधबार १२:५८,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताएका छन्।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितीको बैठकको दोश्रो दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता शर्माले संसद विघटनको कदमको प्रतिरोध गर्ने बताएका हुन्।

पुष ५ गते संसद विघटनपछि बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेपाली कांग्रेसकै संयोजनमा बसेको सर्वदलीय बैठकले संसद विघटनको कदमलाई असंवैधानिक भनी ठहर गरिसकेको स्मरण गराउँदै कांग्रेस सो निर्णयको विरुद्धमा उत्रिने बताए।

उनले बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्वसत्तावादलाई बढावा दिन खोजेको धारणा राखेको पनि जानकारी दिए। बैठकले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका बिरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ।

बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राखेका थिए। बैठकले पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ। त्यसैगरी सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले आन्दोलनको घोषणा गर्ने भएको छ।

बैठकले नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय समिति सदस्य कृष्णप्रसाद सिटौला सँगै सबै कोरोना संक्रमित पार्टी सदस्य तथा सर्वसाधरणको स्वास्थ्य लाभको कामना गरेको छ। त्यस्तै पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे बस्ने र सरकारको असंवैधानिक कदमका विरुद्ध अन्य आन्दोलनको कार्यक्रम घोषणा हुने नेपाली कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad