यद्यपी उक्त आरोप झुठो भएको भारतले प्रतिक्रिया जनाएको छ।
गत शुक्रबार पाकिस्तान प्रशासित कास्मिरमा राष्ट्रसंघको दुईवटा गाडीलाई निशाना साध्दै भारतीय सेनाले आक्रमण गरेको पाकिस्तानको भनाइ छ।
संयुक्त राष्ट्रसंघको पाकिस्तानस्थित सैन्य निरीक्षक समूहको गाडीमा भारतीय सेनाले आक्रमण गरेको बताइएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रसंघको गाडी हो भन्ने थाहा हुँदाहुँदै भारतीय सेनाले आक्रमण गरेको र यस कार्य अन्तर्राष्ट्रिय नियम विपरित भएको बताएका छन्।
— Imran Khan (@ImranKhanPTI) December 20, 2020In complete violation of int law, India's delib firing at LoC on UNMOGIP vehicle, despite clear UN markings & flying blue UN flag, shows India's total disregard for all int norms of acceptable state behaviour & respect for int law & UN. Pak strongly condemns this rogue behaviour.
यद्यपी भारतको विदेशमन्त्रालयले आफूहरुले राष्ट्रसंघको गाडीमा कुनै किसिमको आक्रमण नगरेको प्रतिक्रिया जनाउँदै पाकिस्तानले झुठो आरोप लगाएको बताएको छ।
तर राष्ट्रसंघले भने गाडीमा आक्रमण भएको विषय पुष्टि गरेको छ। कसले आक्रमण गर्यो भन्नेबारे अध्ययन भइरहेको बताइएको छ।
जम्मु कस्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीच दशकौं लामो विवाद छ। यहाँ भारत र पाकिस्तान दुवैले नियन्त्रणमा लिएका कस्मिर छन्।
यी दुई देशका सेनाबीच दोहोरिँदै गोलाबारी हुने गरेको छ। एजेन्सी

प्रतिक्रिया