नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस अवैधानिक मात्रै नभई गैर जिम्मेवारीपूर्ण भएको बताएका छन्।
आइतबार बिहान बसेको न्त्रिपरिषद बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले राष्ट्रपतिले यो प्रस्ताव स्वीकृत गर्न नहुने बताएका छन्।
‘संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ। राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा सव्ीकृत गर्नुहुन्न’, कोइरालाले लेखेका छन्।
संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न।
— Dr Shekhar Koirala (@Shekharnc) December 20, 2020

प्रतिक्रिया