मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विघटन गर्ने सिफारिश गरेको छ।
आज आइतबार बिहान अचानक बसेको बैठकले सो सिफारिश गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिएका छन्।
सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका हुन्।

प्रतिक्रिया