ad ad

राजनीति


सर्वोच्चमा सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी तोकियो

सर्वोच्चमा सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी तोकियो

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ७:१८,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र तीव्र विवाद नसुल्झिएको बेला सर्वोच्च अदालतमा संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी तोकिएको छ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षमा सापकोटाले प्रचण्डको पक्ष लिएको ओली पक्षको बुझाइबीच उनीविरुद्धको मुद्दा आज प्रधानन्यायाधीश सम्मिलित पूर्ण इजलासकोे संवैधानिक फाँटमा पेसीमा चढेको हो।

सापकोटाविरुद्ध नाै वर्ष पुरानाे अदालतको अवहेलनासम्बन्धी मुद्दा छ। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै यससम्बन्धी मुद्दा रहेकाे छ। याे मुद्दा सर्वाेच्चकाे संवैधानिक इजलासमा रहेकाे छ। 

पछिल्लोपटक सभामुख सापकोटाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषदको बैठक बहिष्कार गरेका थिए। गत आइतबार परिषदको बैठक डाकिएको थियो। उक्त बैठकमा सभामुखसँगै प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा समेत सहभागी भएनन्। त्यसपछि मंगलबार बिहान पुनः बैठक बसेको थियो।

त्यसमा देउवा सहभागी भए तर सापकोटा पुनः गएनन्। त्यसपछि गणपूरक संख्या पुगेन। त्यही झोकमा सरकारले बहुमत सदस्यको उपस्थितिमै बैठक अघि बढ्ने र आवश्यक निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याएको थियो। प्रचण्डलगायतका नेताहरुले अध्यादेशको तीव्र विरोध गरी फिर्ता लिन माग गरिरहेका बेला सर्वोच्चमा मुद्दा पेसीमा चढ्नुलाई कतिपयले पछिल्लो तरल राजनीतिसँग जोडेर हेरेका छन्।

यद्यपि सर्वोच्च स्रोतले भने यो मुद्दा साधारण पेसीमा चढेको दाबी गरेको छ। ३/४ महिनामा पालो पर्खेर अहिले पेसीमा चढेको स्रोतको दाबी छ। गत फागुनपछि अहिले पुनः याे मुद्दाकाे पेसी ताेकिएकाे हाे। 

सापकोटाविरुद्धको मुद्दामा यसअघि नै सर्वोच्चले अन्तरिमा आदेश दिएको थियो। ०६९ मंसिर ११ गते न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले उनीविरुद्ध लागेको आरोपमाथि अनुसन्धान गरी १५/१५ दिनमा विवरण सर्वोच्चमा बुझाउन अन्तरिम आदेश दिएको थियो। त्यसपछि यो मुद्दा पेसीमै अलमलिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .