नेपाल प्रहरीमा रिक्त डीआईजी पदमा बढुवा तत्काल नहुने भएको छ।
बढुवा समितिका संयोजक समेत रहेका गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना संक्रमण भएपछि समितिको बैठक तत्काल नबस्ने भएको हो।
गृहसचिव न्यौपानेलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हाे। त्यसपछि उनी आइसोलेसनमा छन्।
एआईजीमा विश्वराज पोख्रेल बढुवा भएसँगै नेपाल प्रहरीमा ९ जना डीआईजीको दरबन्दी रिक्त छन्।
केही दिनमै बढुवाका लागि सिफारिस गर्ने तयारी भए पनि बढुवा समितिका संयोजक नै आइसोलेसनमा बस्नु परेका कारण तत्काल नहुने देखिएकाे हाे।
२०७९ वैशाख र सोही वर्ष चैतमा अवकाश हुने २४ एसएसपी डीआईजी बढुवाको दौडमा छन्। जाे हालका आईजीपी शैलेश थापासँगै अनिवार्य अवकाश हुनेवाला छन्।
गृह मन्त्रालय स्राेतले भने लामो समयदेखि डीआईजी रिक्त रहेकाले कार्यवाहक जिम्मेवारी दिएर बढुवा गर्न सकिने विकल्प रहेको बताएको छ।
हालका आईजीपीसहित एआईजीहरु बढुवा भएपछि रिक्त डीआईजीमा अझै बढुवा हुन सकेको छैन।

प्रतिक्रिया