ad ad

राजनीति


नेपालमा जस्तै विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता

नेपालमा जस्तै विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता

नेपालखबर
पुस २, २०७७ बिहिबार १:५७,

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ।

वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो।

नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो। श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंकाली सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन। परियाेजना सन् २०१६ मै छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन।

यसअघिको श्रीलंकाली सरकार एमसीसीका पक्षमा थियो भने सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे भने विपक्षमा थिए। त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाएका थिए।

कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो। त्यसैलाई मान्दै सरकारले सम्झौतामा हस्ताक्षर गरेको थिएन। त्यहाँका एमसीसी विरोधी वर्गले श्रीलंकाको सार्वभौमिकता खुम्च्याउने तर्क गरेकाे थियाे। 

अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए। त्यस क्रममा उनले चीनले श्रीलंकामा खराब सम्झौता गरेको र कानुनविहीनता ल्याएको आरोप लगाएका थिए।

एसीसीको मंगलबार बसेकाे बैठकले सियरा लियोनमा पाँच वर्ष परियोजनाका लागि अनुदान दिने निर्णय गरेको छ।

निर्णयको प्रेस विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .