ad ad

राजनीति


जनताले हामीलाई निर्विकल्प नेतृत्वका रुपमा चयन गर्नेछन् : मिश्र

जनताले हामीलाई निर्विकल्प नेतृत्वका रुपमा चयन गर्नेछन् : मिश्र

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ११:५,

नव गठित पार्टी विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले आउँदो निर्वाचनमा जनताले आफूहरुलाई निर्विकल्प नेतृत्वका रुपमा चयन गर्ने विश्वास व्यक्त गरेका छन्।

साझा र विवेकशील पार्टीबीच बुधबार एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफूहरुले विगतको गल्तीलाई सुधारेको बताए।

‘सामाजिक सञ्जालमा कति चोटी जुट्ने–फुट्ने भनेर प्रश्न उठाएको देख्छौं। कति चोटी हैन। एकचोटी टुट्यौँ र अहिले जुट्औं,’ मिश्रले भने, ‘अब विवेकशील साझालाई अटल राख्नुपर्छ। यो देशको नेतृत्व गर्ने पार्टी बनाउँनुपर्छ। देशको नेतृत्व गर्ने स्तरमा पुगेनौं भने दुर्भाग्य हुन्छ। आउँदा निर्वाचन विकल्प हैन, निर्विकल्प नेतृत्वका रुपमा चयन गर्नेछन् भन्ने विश्वास लिएका छौं।’

भ्रष्टाचारविरुद्धको दिवसका दिन पार्टी एकता गरेको सन्दर्भ उठाउँदै मिश्रले विवेकशील साझा पार्टीको मुख्य मान्यता भ्रष्टाचारप्रति शून्य सहनशीलता भएको बताए।

‘प्रधानमन्त्रीले आज भ्रष्टाचारीलाई अपराधि हुन भन्नुभएको छ। भ्रष्टाचार गर्ने अपराधि हुन भने प्रधानमन्त्री अपराधि नै अपराधिबाट घेरिनुभएको छ,’ मिश्रले भने।

नव गठित पार्टीका संयोजक मिलन पाण्डेले विगतमा राजनीतिक दुर्घटना भएको भन्दै विगतबाट पाठ सिक्दै एकतामा आएको बताए।

उनले विवेकशील साझाको वैकल्पिक, सुसंस्कृत राजनीति गर्ने इमान्दार प्रयास भएको बताए। उनले विन–विन’ र सहअस्तित्वका बीच दुबै पार्टीबीच एकता भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .