ad ad

राजनीति


बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ८:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भेटवार्ता भएको छ।

पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो।

‘दुई अध्यक्षबीच भेटवार्ता भएको छ, के के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन’, बालुवाटार स्रोतले भन्यो।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेको, दुई अध्यक्षबीच प्रतिवेदन र पत्र जुहारी चलेको र पछिल्लो समय संवाद समेत हुन छाडेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ।

मंसिर २१ गतेबाटख सुरु भएको नेकपा स्थायी समित बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो। स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ। 

२१ गतेको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन्। उनी बैठकमा अनुपस्थित भए पनि पत्रमार्फत स्थायी समिति सदस्यलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .