राजनीति


योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

नेपालखबर
साउन १५, २०७६ बुधबार ८:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेकपाका सांसद एवं नेता योगेश भट्टराईलाइ मन्त्री नियुक्त गरेका छन्।

बुधबार ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा योगेश भट्टराईलाई शपथ गराउन लागिएको स्रोतहरूले पुष्टि गरेका हुन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री ओलीले आफैँसँग राख्दै आएका थिए। प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले ४ बजे पर्यटनमन्त्रीको शपथ रहेको ट्विटबाट जानकारी दिएका छन्।

सरकार अलोकप्रिय बन्दै गएको बेला लोकप्रिय नेता भट्टराई मन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्री ओलीका आलोचक रहँदै आएका उनी मन्त्री नियुक्त भएको विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ। कार्यक्रम र मुद्दाका विषयमा सरकार रक्षात्मक बन्दै गएको अवस्थामा प्रधानमन्त्री ओलीले पार्टीभित्रका आफ्ना आलोचक एवं लोकप्रिय अनुहारलाई मन्त्री नियुक्त गरेका हुन्।

भट्टराईलाई मन्त्री नियुक्त गर्नेबारे प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए। माधवकुमार नेपालसँग छलफलमा प्रधानमन्त्रीले भट्टराईलाई मन्त्री पदमा मनाइदिन आग्रह समेत गरेको चर्चा चलेको थियो।

प्रधानमन्त्री ओलीले नेता भट्टराईलाई बुधबार बालुवाटार बोलाएर पर्यटन मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेका थिए।  प्रधानमन्त्री ओलीले निर्वाचनको बेला भट्टराईको निर्वाचन क्षेत्रमा पुगरे मतदातालाई सम्बोधन गर्दै भोट दिएर जिताइदिए मन्त्री बनाइदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .