ad ad

राजनीति


शिक्षा मन्त्रालयले गर्‍यो आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई कारबाही सिफारिस, सहकार्य समेत भंग

शिक्षा मन्त्रालयले गर्‍यो आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई कारबाही सिफारिस, सहकार्य समेत भंग

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १३:०,

मन्त्रालयको नाम र नेपाल सरकारको निशान छापको अनाधिकृत प्रयोग गरी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गर्ने दुई संस्थालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाहीका लागि सिफारिस गरेको छ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाल नामक दुई गैरसरकारी संस्थाले मन्त्रालयको नाम र निशान छापको प्रयोग गर्नुका साथै नेपाल सरकारको प्रतिलिपि अधिकार समेत हनन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको जनाएको छ।

‘अनधिकृत रुपमा उल्लेखित गैह्र–सरकारी संस्थाहरूले यस मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गर्नुका साथै नेपाल सरकारको प्रतिलिपि अधिकारको समेत उल्लंघन गरिएको देखिएको हुँदा यस विषयमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइ सकिएको छ’ मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शिक्षा मन्त्रालय र मतहातका निकायले दुवै संस्थासँग गर्दै आएको सहकार्य समेत आइतबारबाटै लागू हुनेगरी भंग गरेको विज्ञप्तिमा उल्लेख छ।

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले २०७५ माघ १ प्रधामन्त्री समक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। सरकारले लामो समयसम्म सार्वजनिक नगरेपछि शुक्रबार आयोगका बहुमत सदस्यहरुले सो प्रतिवेदन  सार्वजनिक गरेका थिए।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .