जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विवादका सन्दर्भमा नेकपा नेता राष्ट्रपतिकहाँ धाउने गरेकाेप्रति कडा टिप्पणी गरेका छन्।
यसरी पार्टी वा राज्यका समस्या सुल्झाउन राष्ट्रपतिसँग भेटवार्ता गर्ने कुरा संविधानको कुन धारामा छ भनेर उनले प्रश्न गरेका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धाराअन्तर्गत हो? त्यस्तो शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न त। नत्र यो जो अगुवा उही बाटो ह...अति भो !’
3
Shares

प्रतिक्रिया