ad ad

राजनीति


दिउँसो १ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक सर्‍यो

दिउँसो १ बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक सर्‍यो

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ६:३२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले प्राविधिक कारणले बैठक एक घण्टा सारेर २ बजे बस्न लागेको जानकारी दिए।

‘नेताहरुको कार्यव्यस्थाको कारण दिउँसो १ बजेका लागि बोलाएको बैठक २ बजे बस्छ होला भनेको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठक नै स्थगित वा सारेको भने होइन, २ बजे सुरु हुन्छ होला।'

बैठक २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उनले जानकारी दिए।

मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच चर्काचर्की भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .