ad ad

राजनीति


सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओली पार्टी कार्यालय जान मानेनन्

सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओली पार्टी कार्यालय जान मानेनन्

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ६:६,

सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय जान अस्वीकार गरेपछि नेकपा सचिवालयको बैठक बालुवाटार सारिएको छ।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए।

’सुरक्षाका निकायहरुले धुम्बाहारीमा सुरक्षा जोखिम रहेको भन्ने सूचना प्रधानमन्त्रीलाई दिएको र महासचिव पौडेल सो कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएपछि बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको हो,’ एक सचिवालय सदस्यले नेपालखबरसँग भने’, बैठक १ बजे नै बस्ने कुरा छ।’

मंसिर १३ गते बालुवाटारमा भएको सचिवालय बैठकले मंगलबार धुम्बाराहीमा बैठक राख्ने निर्णय गरेको थियो।

याे पनि  :  केन्द्रीय कार्यालयमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

प्रचण्डसहित पाँच नेताको तयारी : मंगलबारको बैठकमा ओलीलाई संयुक्तरुपमा लिखित जवाफ दिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .