महोत्तरीको बर्दिबासमा बालिका बलात्कार तथा हत्या घटनामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको विषयमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलावसा खातुनको बलात्कार पछि हत्या भएको घटनाविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि स्थानीय बुद्धिराज न्यौपानेको मंगलबार मृत्यु भएको थियो।
गृह मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ।
बलात्कारीविरुद्ध बर्दिबासको सडकमा थिए संजय, प्रहरीको गोलीले तिघ्रा छेड्यो
साथै मृतक बालिका खातुन र न्यौपानेको परिवारलाई उचित क्षतिपुर्ती दिने र घाइतेको उपचार गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ।
मन्त्रालयले घटनाका दोषीमाथि कारबाही गर्ने प्रतिवद्धतासमेत जनाएको छ।
Shares

प्रतिक्रिया