पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन्।
जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी हिसिला यमी कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन्।
आएतबार नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कोरोनासँग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो। सबैलाई धन्यवाद!’
Posted by Dr. Baburam Bhattarai on Sunday, 22 November 2020कोरोनासंग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो। सबैलाई धन्यवाद! https://twitter.com/brb1954/status/1330496538750103553?s=21
७ कात्तिकमा भट्टराई दम्पतीमा कोरोना पुष्टि भएको थियो। संक्रमणपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए।
प्रतिक्रिया