ad ad

राजनीति


चिनियाँ पूर्वकर्णेल भन्छन्ः हामीमाथि परमाणु आक्रमण भएपनि जवाफ फर्काउन सक्छौँ

चिनियाँ पूर्वकर्णेल भन्छन्ः  हामीमाथि परमाणु आक्रमण भएपनि जवाफ फर्काउन सक्छौँ

नेपालखबर
मंसिर २, २०७७ मंगलबार १०:११,

चीनले आफूमाथि पहिले परमाणु आक्रमण भएपछि पनि त्यसको जवाफ फर्काउन सक्ने क्षमता हासिल गरिसकेको एक चिनियाँ पूर्वकर्णेलले बताएका छन्। त्यसका लागि चिनियाँ सेनाले सुरुङहरुको सञ्जाल तयार गरेको उनको भनाइ छ।

हाल बेइहाङ युनिभर्सिटीका प्राध्यापक रहेका वाङ सियाङसुइले चीनमाथि आणविक आक्रमण गरिएपनि आफ्नो परमाणु अस्त्र जोगाएर अमेरिकामाथि हमला गर्न सक्ने क्षमता चीनसँग रहेको दाबी गरेका हुन्।

‘अमेरिकाको एउटा विकल्प भनेको चीनविरुद्ध आणविक आक्रमण गर्नु हो,’ वाङले गत महिना एक बैठकमा दिएको वक्तव्य एससीएमपीले उधृत गरेको छ, ‘तर, अहिले अमेरिकाका लागि अनिश्चितता बढ्दो छ। किनभने हामीले गएको २० वर्षमा थुप्रै परिवर्तन गरेका छौँ।’

चीनले मुलुकभर ५ हजार किलोमिटर लामो सुरुङ सञ्जाल निर्माण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्। यसका अलावा दक्षिण चीन सागर र पित सागरमा रहेका पन्डुब्बीमार्फत पनि आणविक हतियार प्रक्षेपण गर्ने क्षमता चीनसँग रहेको जनाइएको छ।

चीनसँग करिब ३ सयको हाराहारीमा आणविक हतियार रहेको बताइन्छ। अमेरिका र रुससँग भने करिब ४ हजारको हाराहारीमा छ।

चीनले पहिले आणविक हतियार प्रयोग नगर्ने बाचा गरेको छ। त्यसैले आक्रमण हुँदाको अवस्थामा आफ्नो आणविक हतियार जोगाउन सक्दा मात्रै उसले प्रत्याक्रमण गर्न सक्छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .