राजनीति


साझासँग एकताका लागि विवेकशीलले गर्‍यो मतसंग्रह, परिणाम ४८ घण्टाभित्र सार्वजनिक हुने

साझासँग एकताका लागि विवेकशीलले गर्‍यो मतसंग्रह, परिणाम ४८ घण्टाभित्र सार्वजनिक हुने

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ९:११,

साझा पार्टीसँग एकताका लागि विवेकशील नेपालीले एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा गरेको छ।

शुक्रबार विवेकशीलका अध्यक्ष मिलन पाण्डेले एक विज्ञप्ति प्रकाशित गर्दै लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै एकतका लागि मतदान गरेको बताएका छन्।

विवेकशील र साझा पार्टीका संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते संघीय समितिको बैठकले सदस्यहरू कहाँ छलफलका लागि पठाएको थियो।

 कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस), नगर्ने (नो) भनी मतदान गरेका विज्ञप्तिमा उल्लेख छ। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो।

 

विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई(तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुन सक्छ। यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचार(संहिता बनाएर विधि(पद्धति बमोजिम तयारी गरेको हो।

 

अध्यक्ष पाण्डेका अनुसार मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले गर्नेछ। वैकल्पिक सुसंस्कृत राजनीति भनेको भाषण र दस्ताबेजमा मात्र नभएर अभ्यासमा पनि सहभागितामूलक लोकतन्त्र, सदस्यहरूको सार्वभौमिकता र नागरिक केन्द्रित संगठन हो भन्ने विवेकशीलको दृढ विश्वास रहेको छ।

 

‘शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गर्दै छ। यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास छ’, विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad