राजनीति


५० हजार धरौटीमा रिहा भए अर्नव गोश्वामी

५० हजार धरौटीमा रिहा भए अर्नव गोश्वामी

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १६:९,

सर्वोच्च अदालतले जमानत दिएपछि भारतको रिपब्लिक टीभीका प्रधानसम्पादक अर्नव गोश्वामी जेलबाट रिहा भएका छन्।

मुम्बईस्थित तलोजा जेलबाट स्थानीय समयअनुसार साँझ साढे ८ बजे उनी रिहा भएका हुन्।

‘यो भारतका जनताको जित हो,’ गोश्वामीले भीडलाई सम्बोधन गर्दै भने।
सन् २०१८ को एक आत्महत्या घटनामा दुरुत्साहनको अभियोगमा गोश्वामी पक्राउ परेका थिए।

नोभेम्बर ४ मा पक्राउ परेको उनको पक्षमा गृहमन्त्री अमित शाहसहित केन्द्र सरकारका थुप्रै मन्त्रीले गिरफ्तारीको विरोध गरेका थिए।

गोश्वामीलाई महाराष्ट्र सरकारले निशाना बनाएको उनीहरुको आरोप थियो।

सो मुद्दा आरोपित तीनै जनालाई अदालतले बुधबार प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ धरौटीमा छाडेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad