ad ad

राजनीति


‘चीनविरुद्ध बाइडेनसँग मिलेर अगाडि बढ्न युरोप तयार’

‘चीनविरुद्ध बाइडेनसँग मिलेर अगाडि बढ्न युरोप तयार’

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १२:३२,

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका डेमोक्रेटिक नेता जो बाइडेन नयाँ राष्ट्रपति बन्ने निश्चित भइसकेको अवस्थामा जोसेपले बाइडेनसँग मिलेर युरोपेली संघले काम गर्ने बताएका हुन्।

चीनले खडा गरेको चुनौतीलाई अमेरिका र युरोपेली संघले एक भएर सामना गर्नुपर्ने उनको भनाइ छ।

जोसेपले आफ्नो ब्लगमा भनेका छन्,‘युरोपेली संघ र अमेरिकाबीच त्यस्ता धेरै क्षेत्र छन् जहाँ मिलेर अगाडि बढ्नुपर्छ।’

चीनको अनुचित व्यापार अभ्यास, चीनले सिर्जना गरेको सुरक्षा खतरा, दक्षिण चीन सागर र पूर्वी चीन सागरको गतिरोध साथै फाइभजी प्रविधिहरुको विषयमा युरोपेली संघले अमेरिकासँग मिलेर काम गर्ने अपेक्षा गरेको उनको भनाइ छ।

आगामी केही समयमै अमेरिकासँग मिलेर युरोपले कतिसम्म काम गर्नसक्छ भन्ने विषयको छिनोफानो हुने समेत जोसेफको भनाइ छ।

चीनलाई दुश्मन, प्रतिस्पर्धी अथवा साझेदार राष्ट्र कुन रुपले हेर्न भन्ने विषयमा पनि अमेरिकाको नयाँ सरकार र युरोपबीच छलफल हुने एससीएमपीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .