ad ad

राजनीति


कोरोना नियन्त्रणमा उत्तर कोरियाली सफलता विश्वका लागि उदाहरण : सभामुख सापकोटा

कोरोना नियन्त्रणमा उत्तर कोरियाली सफलता विश्वका लागि उदाहरण : सभामुख सापकोटा

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १२:४७,

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो यङ म्यानबीच शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले राजदूत यङलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिँदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गरे।

उनले नेपाल सम्पूर्ण रुपमा कोभिड–१९ विरुद्ध केन्द्रीत रहेको चर्चा गर्दै यो महामारीपछि दुई देशका संसद, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरु पुनः क्रियाशील हुने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने विश्वास व्यक्त गरे।

नेपालमा बाढी पहिरो र कोभिड १९ का कारण परेको अप्ठेरोप्रति चिन्ता व्यक्त गरेकोमा सभामुख सापकोटाले राजदूत यङलाई धन्यवाद ज्ञापन गरे।

राजदूत यङले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक कोभिड–१९ बाट संक्रमित नभएको जानकारी दिँदै कोभिड–१९ कै कारण पार्टी स्थापनाको ७५ औँ वर्षको कार्यक्रममा भने नेपाल लगायत अन्य मित्रराष्ट्रलाई निमन्त्रणा गर्न नसकिएको बताए।

राजदूत यङले नेपालमा कोभिड–१९ र बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यहाँको संसद र सरकारको प्रयासबाट नेपालले छिट्टै कोभिडमाथि जित हासिल गर्ने विश्वास व्यक्त गरे। उनले विश्वव्यापी महामारीका रुपमा रहेको कोभिडको अन्त्यपछि नेपाल र उत्तर कोरियाबीच संसदीय मैत्री समूहमार्फत् थप छलफल र भ्रमण आदानप्रदान हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .