अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई हराउँदै विजयी भएपछि जो बाइडेनले आफू सबै अमेरिकी नागरिकको राष्ट्रपति बन्ने बताएका छन्।
उनले जित हासिल गरेको प्रक्षेपण गरिएलगत्तै ट्विटरमा बाइडेनले आफूलाई देशको नेतृत्व गर्ने महान् जिम्मेवारी सुम्पिएको भन्दै अमेरिकाका सम्पूर्ण नागरिकप्रति आभार प्रकट गरेका हुन्।
उनले लेखेका छन्, ‘मेरो सम्मान छ, तपाईंले मलाई देशको नेतृत्व गर्नका लागि चुन्नुभयो। हाम्रा अगामी काम चुनौतीपूर्ण छन्। तर म तपाईंहरू समक्ष प्रतिबद्धता गर्छु– म सबै अमेरिकी नागरिककको राष्ट्रपति बन्छु, चाहे मलाई भोट दिने हुन् वा नदिने।’
उनले अगाडि लेखेका छन्, ‘तपाईंहरूले मप्रति जुन विश्वास गर्नुभएको छ, त्यसलाई म डगमगाउन दिन्नँ।’
— Joe Biden (@JoeBiden) November 7, 2020America, I’m honored that you have chosen me to lead our great country.
The work ahead of us will be hard, but I promise you this: I will be a President for all Americans — whether you voted for me or not.
I will keep the faith that you have placed in me. pic.twitter.com/moA9qhmjn8
याे पनि :
-राष्ट्रपतिमा बाइडेन विजयी भएको खुसीमा महामारीकै बीच सडकमा यसरी उत्रिए अमेरिकी (भिडिओ)
Shares

प्रतिक्रिया